PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुखचैना माविमा पठाइयो अंग्रेजीको शिक्षक, विद्यार्थीको आन्दोलन स्थगित



राधेश्याम पटेल

सुखचैना माविमा पठाइयो अंग्रेजीको शिक्षक, विद्यार्थीको आन्दोलन स्थगित

वीरगंजः वीरगंज महानगरपालिका २१ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्रराज जोशी मावि सुखचैनामा बुधबारदेखि नियमित कक्षा सञ्चालन हुने भएको छ। सोमबार र मंगलबार विद्यार्थीहरूले अङ्ग्रेजी र विज्ञान विषयको शिक्षक माग गर्दै परवानीपुर सडकखण्ड र विद्यालयमा प्रदर्शन गरेका थिए।

महानगरपालिकाले शिक्षक व्यवस्थापन गरेपछि भोलिदेखि नियमित पठनपाठन गराउने सहमति भएको हो।

शिक्षकलाई मंगलबार नै हाजिर गराइएको छ। वीरगंज -२७ तिलावे प्राविमा अध्यापन गराउने सुमन चौरसियालाई शिक्षकको जिम्मेवारी दिइएको छ। विज्ञान विषयको शिक्षकको पनि तुरून्त व्यवस्था गर्ने सहमति सरोकारवालाबीच भएको छ।

शिक्षक माग गर्दै भएको आन्दोलनमा सोमबार विद्यार्थीमाथि लाठी चार्ज भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell