PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

कांग्रेस पर्सा ४ को क्षेत्रीय सभापतिमा यादव सर्वसम्मत चयन, बारामा धमाधम क्षेत्रीय अधिवेशन



पहिलोपोस्ट

कांग्रेस पर्सा ४ को क्षेत्रीय सभापतिमा यादव सर्वसम्मत चयन, बारामा धमाधम क्षेत्रीय अधिवेशन

वीरगंजः नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को सभापतिमा श्रीकान्त यादव सर्वसम्मत चयन भएका छन्। पर्साका अन्य दुई निर्वाचन क्षेत्रमा प्रक्रिया जारी छ।

यादवको सभापतित्वमा २१ सदस्यीय समिति गठन भएको हो।

यस्तै १७ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। छनोट भएका प्रतिनिधिमा शोभा शर्मा, गोमाकुमारी उपाध्याय, कमलाकुमारी श्रेष्ठ, वशिष्ठ नारायण कुर्मी, वृहस्पति कृष्ण श्रेष्ठ, रमेश पाण्डे, नवीन सिंह, किशोरी कानु, सहरुम राउत गद्दी, रामबहादुर श्रेष्ठ छन्।

त्यस्तै पर्सा ३ मा बुधबार श्रीकृष्ण चौहान र भगवती चौधरीबीच सभापति पदका लागि चुनाव हुनेछ। पर्सा २ मा महोम्मद सहावुद्दिन र बैकुण्ठ श्रीवास्तववीच प्रतिस्पिर्धा हुनेछ।

यस्तै बाराको प्रदेश सभा अधिवेशन अन्तर्गत ३ (क) मा रामप्रवेश यादव, ३(ख) मा हरि चौधरी, ४(क) मा सुमन भट्टराई, ४ (ख) मा लुकेश सिंह सभापतिमा निर्वाचित भएका छन्। बारामा जिल्ला अधिवेशन मंसिर १८ गते तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell