PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पालिका अधिवेशन बदरको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जारी अनशन स्थगित



पहिलोपोस्ट

पालिका अधिवेशन बदरको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जारी अनशन स्थगित
फाइल फोटो

काठमाडौँः गाउँपालिका अधिवेश पुनः गर्न माग गर्दै अनशनमा बसेका नेपाली कांग्रेस डडेल्धुरामा नेता तथा कार्यकर्ताले अनशन स्थगित गरेका छन्। मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरेका हुन्। 

जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेता, कार्यकर्ताहरुले हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, वडा÷पालिका अधिवेशन बदर गरी अधिवेशनको नयाँ मिति तय गर्नुपर्ने माग गर्दै मंसिर १ गतेदेखि अनशन सुरु गरेका थिए।

उपसभापति निधिले डडेल्धुरामा उजुरी छानविन नगरी वडा÷पालिकाहरुको अधिवेशन गरिनु गम्भीर भएको बताएका थिए। उनले मागप्रति एक्यवद्धता जनाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell