PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

राखेप सदस्य सचिव घिसिङले सम्हाले पदभार, ‘ग्रासरुटबाटै खेलकुद विकासमा जोड दिन्छु’



पहिलोपोस्ट

राखेप सदस्य सचिव घिसिङले सम्हाले पदभार, ‘ग्रासरुटबाटै खेलकुद विकासमा जोड दिन्छु’

काठमाडौँः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथसँगै घिसिङले पदभार ग्रहण गरेका छन्। सो क्रममा उनले खेलाडीको बिमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने बताए।

उनले राष्ट्रिय टिम तयारी र आवश्यक छनोट प्रक्रियालाई आगाडि बढाउने तथा ग्रासरुटदेखिनै खेलकुद विकासमा जोड दिने बताए। चुनौतीलाई अवसरमा बदल्दै कार्ययोजना अनुसार अघि बढ्ने उनले बताए।

शपथ गराउँदै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले परिषदले नेतृत्व पाएको र चलायमान हुन नसकेका खेल गतिविधि रफ्तारमा  अगाडि बढ्ने विश्वास ब्यक्त गरे।

सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो। घिसिङले नेपाल रग्बी संघको नेतृत्व गरिसकेका छन्। उनी नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य समेत हुन्।

तत्कालीन सदस्य सचिव रमेश सिलवाललाई हटाएर सरकारले घिसिङलाई नियुक्त गरेको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell