PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

ओलीले घोषणा गरे एकीकृत पार्टी बनाउने तीन महिने अभियान, केन्द्रीय कमिटी बैठक सौराहामा जारी



प्रकाश भण्डारी

ओलीले घोषणा गरे एकीकृत पार्टी बनाउने तीन महिने अभियान, केन्द्रीय कमिटी बैठक सौराहामा जारी

सौराहाः नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमा बसिरहेको छ।

निर्वाचित पदाधिकारी र सदस्यले सपथ लिएपछि पहिलो बैठक सुरु भएको हो। शपथग्रहण कार्यक्रममा ओलीले केन्द्रीय कमिटीको बैठक बस्न लागेको जानकारी दिएका थिए।

उनले अर्को बैठक मंसिर २५ र २६ गते बस्ने जानकारी दिए। ओलीले एमालेलेलाई एकीकृत पार्टी बनाउने भन्दै तीन महिने अभियानको पनि घोषणा गरेका छन्। पोलिटब्यूरोको र स्थायी कमिटीको निर्वाचन, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड, जिल्ला अधिवेशनलगायतमा छलफल गर्न बैठक राखिएको हो। 

ओली आजै अध्यक्ष पदमा दोस्रो कार्यकाल निर्वाचित भएका हुन्। एमालेको १०औं महाधिवेशनले ३०१ जनाको केन्द्रीय कमिटी चयन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell