PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जसको नाम निर्वाचित घोषित गरियो, तर पछि भनियो पराजितः अनि पराजित भनिएका दुई जना भए निर्वाचित



नेत्र तामाङ

जसको नाम निर्वाचित घोषित गरियो, तर पछि भनियो पराजितः अनि पराजित भनिएका दुई जना भए निर्वाचित

सौराहाः नेकपा (एमाले) को महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएका छन्। कतिपय क्लष्टरमा निर्विरोध निर्वाचन हुँदा १० क्लष्टरमा भने निर्वाचन भयो।

जसमा सबैभन्दा चासोको विषय थियो उपाध्यक्ष र सचिवको। पूर्वमाओवादीका नेताहरु रहेकोले त्यसमा एमालेबाटै उम्मेद्वारी पर्दा त्यस विषयमा चर्चा भएको थियो। यद्यपि नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको पुरानै लिस्टका नेताहरु निर्वाचित भए। जसमा पूर्वमाओवादी सुरक्षित बने।

आयोगको त्रुटि

सचिवमा उम्मेद्वारी दिएका टंक कार्की उक्त पदमा पराजित भए पनि खुला केन्द्रीय सदस्यमा भने विजयी भएको भनियो। 'टंक कार्की ९०५ मत। यहाँ विजयी भनिएको छ' एमाले निर्वाचन समितिका संयोजक डा. विजय सुब्बा एकछिन अलमलिए। उनले त्यसलाई विजयी नै भनेर घोषणा गरे।

खुला केन्द्रीय सदस्यमा निर्वाचित सबैको नाम भनिसकेपछि भने संयोजक सुब्बा सच्चिए। उनले टंक कार्की पराजित भएको बताए।

अनि त्यस ठाउँमा सूर्य ढकाल निर्वाचित भएको बताए। ढकालको १४२३ मत आएको छ तर विजयी भनेर लेखिएको छैन। निर्वाचन समितिले उक्त सूची सच्याएको सुब्बाले उल्लेख गरे।

त्यस्तै भयो अर्को पदमा पनि। सुब्बाले यसअघि थारु क्लष्टरमा जयप्रकाश चौधरी विजयी भएको घोषणा गरेका थिए। १७५३ मत ल्याउँदै उनले जित हासिल गरेको सुनाइयो।

तर अध्यक्ष केपी शर्मा ओलीले शपथ लिएपछि पदाधिकारीले शपथ लिने बेला सुब्बा पुन पोडियम फर्के। अनि भने, 'क्षमा चाहदै फेरि उभिएको छु। अघि सुनाएको त्रुटि भएछ। नरुलाल चौधेरी विजयी हुनुपर्नेमा जयप्रकाश थारुलाई विजयी भनिएछ। विजयी हुनु भएको कमरेड नरुलाल चौधरी', सुब्बाले भने।

अध्यक्ष ‌ओलीले यसबारे प्रष्ट हुन खोजेका थिए। मत नआएपछि ओलीले यसबारे पछि निर्वाचन आयोगले जानकारी दिने भन्दै पदाधिकारीको शपथ कार्यक्रम अघि बढाए। नरुलालको नाम आइतबार राति ओलीले प्रस्ताव गरेको सूचीमा पनि सामेल थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell