PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

पुनर्मिलन गराउँदै मानवसेवा आश्रम



निशा गुरुङ

पुनर्मिलन गराउँदै मानवसेवा आश्रम

हेटौंडा: मानव सेवा आश्रमले सडकमा कष्टकर जीवन व्यथित गरिरहेका ६ हजार २ सय ७५ जनाको नौ वर्षमा उद्धार गरेको छ। जसमा २ हजार ४ सय २५ जनाको पारिवारिक पुनर्मिलन गराइएको आश्रममा सेवा गर्दै आईरहेको होमनाथ पौडेलले बताए। मानव सेवा आश्रम २०६९ भदौ १३ गते स्थापना गरेको हो।

मानव सेवा आश्रममले मंगलवार पत्रकार सम्मेलन गर्दै उक्त विवरण सार्वजनिक गरेको हो। आश्रमबाट १६ सय ६७ उपचार पश्चात स्वेच्छाले गएको र ६ सय ३४ जनाको आश्रमको संरक्षणमा रहँदा निधन भएको पौडेलले जानकारी दिए। हालसम्म ३ सय ५४ जनाको सामुदायिक पुनर्स्थापना गरेको र हाल आश्रमका ७ वटै प्रदेशका १७ जिल्लामा २३ सेवा केन्द्रमार्फत मा १५ सय ६७ जना आश्रित रहँदै आएका छन्।

मानवसेवा आश्रमका मुख्य कार्यालय मकवानपुर , हेटौंडामा हालसम्म १३ सय ५५ जनाको उद्धार गरिएको छ भने ७ सय ३६ जनाको पारिवारिक पुनर्मिलन गराएको छ। उपचार पश्चात स्वेच्छाले ३ सय ३६ जना घर फर्किएका छन् र १ सय ४७ जनाको आश्रममै निधन भएको छ। सामुदायिक पुनर्स्थापना ४३ जनाको भएको छ। हाल हेटौंडाको आश्रममा १ सय ६९ जना आश्रित छन्।

आर्थिक वर्ष २०७७/७८ मा कुल आय २३ करोड ९६ लाख ७९ हजार ३ सय ९५ र कुल व्यय १२ करोड ७८ लाख ५८ हजार २ सय २१ र बचत ११ करोड १८ लाख २१ हजार १ सय ७४ रहेको मानव सेवा आश्रमले जनाएको छ।

आश्रमले सडकमा बेवारिसे अवस्थामा रहेको मानिसहरुलाई उद्धार गर्दै उसलाई पुर्नस्थापना गरी स्वास्थ्य अवस्था राम्रो भईसकेपछि घरपरिवारको बारेमा जानकारी लिने काम गरेको छ। परिवारको बारेमा जानकारी लिइसकेपछि पुर्नमिलन गराउने गरेको होमनाथ पौडेलले जानकारी दिए।

आश्रममा आश्रय लिएका अधिकांश मानसिक सन्तुलन गुमाएका र घरबारबिहिनहरु छन्। मानव सेवा आश्रमले अधिकांशलाई सडक पेटीमा कष्टकर जीवन विताइरहेको अवस्थामा उद्धार गरेर ल्याउने गरेको । ईच्छा अनुसार के काम गर्न सकिन्छ त्यही काम गर्न लगाउने गरेको छ। गाई पनि पालेका छौ कोही गाई चराउन मन लागेकाहरुलाई गाई चराउन दिने घास काट्न दिने र दुध दुहुने दिने जस्ता गर्छन्। त्यसो गरेमा मानसिक विकास हुने पहिलाको स्मरण हुने बताए। आश्रममा महिनाको पहिलो हप्ता नशा तथा मानसिक विषेशज्ञ आएर स्वास्थ्य परिक्षण गर्ने गरेको छन्।

अहिले आश्रममा ११ सय जना आश्रित छन्। आश्रममा २ जना नर्सहरु पनि रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell