PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आचरण विपरीत काम गरेको भन्दै सीएनएनले गर्‍यो पत्रकार क्रिस कुमोलाई निलम्बन, राजनीतिज्ञ दाजुलाई बचाउन खोजेका थिए



पहिलोपोस्ट

आचरण विपरीत काम गरेको भन्दै सीएनएनले गर्‍यो पत्रकार क्रिस कुमोलाई निलम्बन, राजनीतिज्ञ दाजुलाई बचाउन खोजेका थिए

लैंगिक हिंसाको मुद्दा खेपिरहेका आफ्ना दाजुलाई बचाउन सहयोग गरेको भेटिएपछि सीएनएनका स्टार क्रिस कुमोलाई अनिश्चितकालका लागि निलम्बन गरिएको छ।

सीएनएनमा कार्यरत उनले न्युयोर्कका पूर्व गभर्नर रहेका दाजुलाई सघाएको पुष्टि भएसँगै सीएनएनले निलम्बन गरेको हो। न्युयोर्कका महान्यायाधीवक्ताले जारी गरेको प्रतिवेदनमा उनका जेठा दाजु एन्ड्रु कुमोलाई सीएनएनमा रहेरै सघाएको देखिएको उल्लेख छ।

उक्त प्रतिवेदनले एन्ड्रुलाई उच्चस्तरबाटै सहयोग गरेको खुलेको र उक्त विषय यसअघि थाहा पाउन नसकिएको सीएनएनले जनाएको छ। 
एन्ड्रुमाथि आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप छ। आरोपपछि गत अगस्टमा उनले पदबाट राजीनामा दिएका थिए।

आफ्ना राजनीतिज्ञ दाजुलाई बचाउन पर्दा पछाडि क्रिस कुमोले भूमिका खेलेका थिए जसलाई पत्रकारिताको आचरणबाहिरको कदम मानिन्छ। 

लेटिया जेम्सले हिजो जारी गरेको प्रतिवेदनमा भाइ क्रिसले न्युयोर्कको गभर्नरको कार्यालयका कर्मचारीलाई एन्ड्रुपको प्रतिरक्षामा उत्रिन दवाव दिएको उल्लेख छ। प्रतिवेदनमा उनले पठाएका टेक्स्ट म्यासेजहरु पनि संलग्न छन्। तिनमा उनले कर्मचारीहरुलाई धम्कीको भाषा प्रयोग गरेको देखिन्छ। 

सीएनएनमा क्रिसले आफ्ना दाजुको नेतृत्वको प्रशंसा गर्दै अन्तर्वार्ता लिन थालेपछि उनलाई सीएनएनले 'दाजुको विषय कभर गर्न प्रतिवन्ध लगाएको थियो।' न्युयोर्कमा कोभिड १९ ले नराम्ररी असर पारिरहेको समयमा उनले दाजु र उनको नेतृत्वले राम्रो काम गरिरहेको भन्दै सीएनएनमा सामग्री प्रस्तुत गरेका थिए। त्यतिखेर पनि उनलाई आंशिक हिसाबले निलम्बन नै गर्नुपरेको थियो। 

आफ्ना दाजुको नेतृत्व जोगाउन लागिपरेका पत्रकार क्रिसको सुरुमा सीएनएनले प्रतिरक्षा पनि नगरेको होइन। सन् २०१३ देखि सीएनएनमा रहेका उनी आफ्ना दाजुका विषयमा सामग्री दिन थालेसँगै विवादले घेरिएका थिए। 

सीएनएनले वक्तव्य नै जारी गरेर गम्भीर प्रश्न खडा भएको भन्दै गम्भीर हिसाबले पहिले त्यसबारे जानकारी नभएको जनाएको छ। 

'क्रिसले आफ्ना दाजुका कर्मचारीलाई सुझाव दिएको स्वीकार गरेका छन् जुन हाम्रो नीति विपरित हो। यसलाई हामी सार्वजनिक गर्न चाहन्छौं,' सीएनएनको वक्तव्यमा भनिएको छ, 'साथै हामी उनको विशेष अवस्थालाई पनि बुझ्न सक्छौं - उनको प्राथमिकतामा पहिलो परिवार हो भने दोस्रो उनको काम।'

'जे भए पनि प्रतिवेदनले उनले उच्चतहको संलग्नता देखाएको छ जुन हामीलाई थाहा थिएन।' 

एन्ड्र्यु कुमोमाथि गत मार्चमा भएको अनुसन्धानले उनको कार्यालयका ११ जना महिलामाथि यौनजन्य हिंसा गरेको तथ्य बाहिर ल्याएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell