PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दक्षिण कोरियामा भेटिए हालसम्मकै धेरै कोरोना संक्रमति, 'ओमिक्रोन' बारे पनि अनुसन्धान हुँदै



पहिलोपोस्ट

दक्षिण कोरियामा भेटिए हालसम्मकै धेरै कोरोना संक्रमति, 'ओमिक्रोन' बारे पनि अनुसन्धान हुँदै
Photo : SeongJoon Cho/Bloomberg/Getty Images

काठमाडौं : दक्षिण कोरियामा हालसम्मकै बढी कोभिड १९ संक्रमित पहिचान भएको छ। कोरिया डिजिज क्नट्रोल एन्ड प्रिभेन्सन एजेन्सीका अनुसार मंगलवार ५ हजार १२३ जनामा संक्रमण पुष्टि भएको हो।

एजेन्सीका अनुसार ५ हजार ७५ जना 'लोकल ट्रान्समिन' केस फेला परेको छ। सिओल महानगरमा मात्रै ४ हजार ११० जनामा संक्रमण देखिएको छ।

यस्तै, संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएको छ। हालसम्म दक्षिण कोरियामा ३ हजार ६५८ जनाको मृत्यु भइसकेको छ।  ७२३ जना को अवस्था गम्भीर रहेको एजेन्सीले जनाएको छ।

हाल विश्वभर कोभिड १९ को नयाँ भेरियन्ट 'ओमिक्रोन' लाई लिएर फेरि त्रास सिर्जना भएको छ। दक्षिण अफ्रिकी देशमा पहिलोपटक देखिएको भनिएको उक्त भाइरस फैलिन नदिन धेरै राष्ट्रहरुले अफ्रिकी देशहरुसँग हवाई उडान रद्द गरेको छ। दक्षिण कोरियामा पनि ओमिक्रोन भेरियन्टको संदिग्ध दुई केस बारे अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell