PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

सुरु भयो राप्रपाको एकता महाधिवेशन, दृश्यमा भृकुटीमण्डपको कार्यक्रम

सुरु भयो राप्रपाको एकता महाधिवेशन, दृश्यमा भृकुटीमण्डपको कार्यक्रम

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन राजधानीमा सुरु भएको छ। भृकुटीमण्डपमा अहिले महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ।

अहिले राप्रपाको महाधिवेशनलाई विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरु महाधिवेशनस्थल पुगेका छन्।

मंसिर १७ गतेसम्म चल्ने राप्रपाको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन भिडिरहेका छन। थापाले आफू फेरि अध्यक्षमा निर्वाचित हुनेमा विश्वस्त रहेको बताएका छन्। पहिला थापाकै समूहमा रहेका लिङ्देनले नयाँ पुस्तामा पार्टीको नेतृत्व हस्तान्तरण हुनुपर्ने बताउँदै आएका छन्। 

अहिले महाधिवेशनस्थलमा राप्रपा नेता कार्यकर्ताको भिड लागेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell