PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

सीपी मैनाली राप्रपाको अध्यक्ष बन्नतिर लागेको भन्दै प्रचण्डको व्यङ्ग्य



पहिलोपोस्ट

सीपी मैनाली राप्रपाको अध्यक्ष बन्नतिर लागेको भन्दै प्रचण्डको व्यङ्ग्य

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनाली राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्ने लागेको भन्दै व्यङ्ग्य गरेका छन्।

भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले मैनाली राप्रपाको 'राजावादी' लाइनमा आएको बताएका हुन्।

प्रचण्ड अघि उद्घाटनसत्रलाई सम्बोधन गरेका मैनालीले राजा महेन्द्रको प्रशंसा गरेका थिए। महेन्द्रको राष्ट्रभक्तिमाथि मैनालीको प्रशंसा सुनेपछि प्रचण्डले राप्रपाकै कार्यक्रममा उभिए पनि मैनाली जस्तो भाषा बोल्न नसक्ने बताएका हुन्।

'हाम्रो विचार मिल्दैन। म त्यस्तो भाषा बोल्न सक्दिन। हाम्रो सीपीजीले सजिलै बोल्नु भयो। राजतन्त्र सिद्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो। अहिले महान राजा भनेर बोल्नुभयो। उहाँ राप्रपाको अध्‍यक्ष हुन तयारी गर्दै हुनुहुन्छ क्यारे। म चाहिँ त्यस्तो बोल्न सक्दिन,' प्रचण्डले भने।

आफू गणतन्त्रवादी र धर्मनिरपेक्षवादी भएको भन्दै प्रचण्डले राप्रपासँग वैचारिक  मतभेद रहेको बताए। तर, राष्ट्रवादको सवालमा भने सबैजना एकै कित्तामा उभिएको उनले बताए। तर, मैनालीले जस्तै भाषा बोल्न आफूले नसक्ने उनले बताएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell