PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोभिड १९ विरुद्धको खोप थपिँदै, आज झन्डै १० लाख डोज आउँदै



रासस

कोभिड १९ विरुद्धको खोप थपिँदै, आज झन्डै १० लाख डोज आउँदै
अमेरिकाबाट भित्रिएको फाइजर। यो खोप १२ वर्षमाथिका बालबालिकालाई लगाइएको थियो : फाइल फोटो

काठमाडौं : कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ। भारतको सिरम इस्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउन लागेको हो।

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाप्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप आज आउन लागेको बताए। यस्तै, यही मङ्सिर २२ गते कोभ्याक्समार्फत् छ लाख मात्रा खोप आउने उनले बताए। उहाँले नियमित रुपमा खोप आइरहेको जानकारी दिए। सरकारले नियमित रुपमा खोप आउन थालेपछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन आग्रह गरेको छ।

यस्तै, बालबालिकालाई लगाउने खोप मोडर्ना यही शुक्रबार नेपाल आउने भएको छ। अमेरिकाबाट खरिद गरिएका मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आउन लागेको आपूर्ति शाखाप्रमुख ढुङ्गानाले जानकारी दिए। यसअघि बालबालिकालाई लगाउने फाइजर खोप आएको थियो। उनका अनुसार नेपालमा अहिलेसम्म दुई करोड ६१ लाख ९६ हजार मात्रा खोप आइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell