PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चीनबाट एमबीबीएस सकाएका विद्यार्थीको मेडिकल काउन्सिलमा धर्ना

चीनबाट एमबीबीएस सकाएका विद्यार्थीको मेडिकल काउन्सिलमा धर्ना

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : चीनमा गएर सन् २०१५ र १०१६ मा एमबीबीएस पूरा गरेका विद्यार्थीहरुले नेपाल मेडिकल काउन्सिल परिसरमा धर्ना दिएका छन्। कोरोना महामारी बिच अनलाइन माध्यमबाट पूरा भएको सैद्धान्तिक पढाई मान्य हुनुपर्ने र नेपालमै इन्टर्नशीप गर्ने अवसर दिनुपर्ने माग राखेर धर्नामा उत्रिएका हुन्।

कोरोना महामारी बिच नेपाल फर्केका विद्यार्थीहरुको अनलाइन माध्यमबाट सैद्धान्तिक पढाई पूरा भएको थियो। तर नेपाल मेडिकल काउन्सिलले अनलाइन क्लासको पढाई मान्य नहुने भनेपछि उनीहरु आन्दोलित भएका हुन्।

विश्वभर नै अनलाइन कक्षालाई मान्यता दिइएको अवस्थामा मेडिकल काउन्सिलले विद्यार्थीहरुको भविष्य नै खेलवाड गर्ने निर्णय गर्न नपाउने उनीहरुको तर्क छ।

'सैद्भान्तिक पढाई सकेर शैक्षिक प्रमाणपत्र पनि आइसकेको छ। तर, मेडिकल काउन्सिलले अहिले आएर तपाईँहरुको अनलाइन क्लासको पढाई मान्य नहुने भनिरहेको छ। अनलाइनको पढाई मान्य नहुँदा फेरि पढ्नुपर्ने हुन्छ। जसले हाम्रो समयका साथै पैसा नि निकै खर्च हुन्छ। ५/६ वर्षमा पूरा पढाई पुरा गर्न नै दश वर्ष लाग्छ,' धर्नामा उपस्थित एक विद्यार्थीले भने।  

विगत आठ महिनादेखि नेपालमै इन्टर्नशीप गर्न पाउनुपर्ने भन्दै विभिन्न निकाय उनीहरु धाइसकेका छन्। आफ्नो माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने उनीहरुको तर्क छ। कोरोना महामारीले सन् २०१५/ २०१६ का १५३ जना विद्यार्थीहरुको प्रयोगात्मक परीक्षा र इन्टर्नशीप प्रभावित बनेको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell