PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

र्‍यापर साकारले ‘लिटिल बुद्ध लाइभ’ कन्सर्ट गर्दैँ



पहिलोपोस्ट

र्‍यापर साकारले ‘लिटिल बुद्ध लाइभ’ कन्सर्ट गर्दैँ

काठमाडौं : ‘लिटिल बुद्ध’का रुपमा परिचित र्‍यापर साकारले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन्। उनले मंसिर १८ गते (४ डिसेम्बर) मा ठमेलको सुगर केटीएममा ‘लिटिल बुद्ध लाइभ’ कन्सर्ट गर्दैछन्। साकारले तीन वर्षपछि नेपालमा कन्सर्ट गर्न लागेका हुन्।

सँगै साकारले ‘ड्रागन वर्ल्ड’ टाइटलमा गीति एल्बम ल्याउने पनि भएका छन्। एल्बम आउनुभन्दा अगाडि आउने ‘इपी ड्रागर फायर’ मा रहेर उनले तीन गीत सार्वजनिक गरेका छन्।

साथै उनले वर्ल्ड टुरको पनि घोषणा गरेका छन्। वर्ल्ड टुरमा र्‍यापर, गायक गायिका, निर्माता, फेसन डिजाइनर, मोडल, कलाकार र मनोरञ्जन क्षेत्रको चर्चित अनुहारको सहभागिता बताइएको छ। साकारको टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ।

‘हामी नेपाली संगीत र मनोरञ्जनको उद्योगको भविष्यका लागि उत्साहित छौं। अर्बौ डलरको हलिउड, बलिउड, के–पप, जापानिज मनोरञ्जन उद्योग, युरोपिन र अमेरिकन फेसन हाउसको स्थानसम्म पुग्नका लागि हाम्रो टिम प्रतिबद्ध छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell