PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विधेयक संसदमा विचाराधीन राखेर सरकारले ल्यायो अध्यादेश, कुन कुन भए जारी?



पहिलोपोस्ट

विधेयक संसदमा विचाराधीन राखेर सरकारले ल्यायो अध्यादेश, कुन कुन भए जारी?

काठमाडौँः सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी हुन्। बुधबार साँझ ६ वटा अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

गत भदौमा एकैपटक १२ अध्यादेश निष्क्रिय भएका थिए। 

जसमा एसिड आक्रमणकारीमाथि हुने कारबाही र रेल्वेको अध्यादेश पनि समावेश छ। यस्तै, यौन हिंसासँग सम्बन्धित अध्यादेश पनि सरकारले ल्याएको छ। सो सम्बन्धी विधेयक पनि संसद्मा दर्ता छ। विधेयक विचाराधीन रहेको अवस्थामा सरकारले अध्यादेश ल्याएको हो। 

बुधबार राष्ट्रपतिले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ अध्यादेश, सामाजिक सुरक्षा र रेल्वे अध्यादेश जारी भएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell