PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

३७ दिनपछि इजलास फर्किएका न्यायाधीशले फेरि किन हेरेनन् मुद्दा?



पहिलोपोस्ट

३७ दिनपछि इजलास फर्किएका न्यायाधीशले फेरि किन हेरेनन् मुद्दा?

काठमाडौँः गोला प्रणालीबाट पेसी तोकिएसँगै बुधबारदेखि सर्वोच्चमा नियमित रुपमा मुद्दको सुनुवाइ हुने अपेक्षा गरिएको थियो। मंसिर १५ गतेबाट गोला प्रणाली लागू गरेर शर्तसहित इजलास फर्कने जनाउ न्यायाधीशहरुले यसअघि नै दिइसकेका थिए। शर्तका रुपमा प्रधानन्यायाधीशसँग बेञ्च सेयर नगर्ने थियो।

पूर्व निर्धारित योजना अनुसार नै बुधबार गोला प्रणालीबाट ११ इजलानस गठन भए। न्यायाधीशहरु पनि इजलास पुगे।

तर, नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका तर्फबाट अध्यक्ष तथा प्रतिनिधिले इजलास नै पुगेर न्यायालयको नेतृत्व कसले गरिरहेको छ भनेर प्रश्न गरे। प्रधनन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोभिड संक्रमणका कारण अस्पतालमा रहेका कारण कायम मुकायम कसलाई दिएको छ भन्ने प्रश्न उठाए।

बारको प्रश्नपछि न्यायाधीशहरु छलफलमा पसे। ३७ दिनपछि पनि इजलासमा मुद्दाको सुनुवाइ भएन। सबै मुद्दा हेर्न नभ्याइने र बेञ्च नबसेको सूचित गरियो।

तर, आफैँले सूचित गरे अनुसार गोला प्रणाली सुरु भएर पनि किन मुद्दा हेरिएन भन्ने जवाफ दिएनन्। त्यसो त ३७ दिनदेखि मुद्दा किन हेरिएन, न्यायाधीशले सार्वजनिक रुपमा कुनै पनि कारण पेस गरेका छैनन्। न्यायालय शुद्धीकरणका लागि छलफलका नाममा उनीहरुले उक्त समय गुजारेका छन्। 

किन कायम मुकायम विवाद

संविधानको धारा १२९ ले प्रधानन्यायाधीशको अनुपस्थितिमा कायम मुकायम के हुने व्यवस्था गरेको छ। धारा १२९(६) ले प्रधानन्यायाधीश नभएमा वरिष्ठतम न्यायाधीशले कायम मुकायमका रुपमा काम गर्ने उल्लेख छ।

संविधानमा भनिएको छ, ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधान न्यायाधीश भई काम गर्नेछ।’

नेपाल बार एशोसिएशनका पूर्व महासचिव सुनिलकुमार पोखरेल प्रधानन्यायाधीशले कार्यसम्पादन गर्न असमर्थ भए पनि सो धारा स्वतः सक्रिय हुने बताउँछन्।

पोखरेल भन्छन्, ‘धारा १२९ (६) मा उल्लेखित अवस्था आएमा, कायममुकायम दिने नभई वरिष्टतम न्यायाधीशले स्वतः कायममुकायम प्रधानन्यायाधीश भई काम गर्ने हो।’

तर, बारको प्रश्नपछि भने न्यायाधीशहरुले कायम मुकायम नतोकेको भन्दै इजलास नबसेका हुन्। बिहीबार इजलास बस्छ वा बस्दैन भन्ने यकिन छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell