PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

कांग्रेस वाग्मती प्रदेश सभापतिमा त्रिपक्षीय भीडन्तः बानियाँ, केसी र प्रधानमा कसले मार्ला बाजी?



पहिलोपोस्ट

कांग्रेस वाग्मती प्रदेश सभापतिमा त्रिपक्षीय भीडन्तः बानियाँ, केसी र प्रधानमा कसले मार्ला बाजी?

काठमाडौँः संघीय संरचनामा पहिलो पटक हुन लागेको नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा वाग्मती प्रदेशमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। संस्थापन र संस्थापन इतरबाट तीन जनाले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन्। प्रदेश अधिवेशन बिहीबारदेखि हेटौँडामा सुरु हुँदैछ। 

संस्थापनबाट इन्द्र बानियाँले उम्मेद्वारी घोषणा गरेका छन्। बानियाँ कांग्रेसको वाग्मती प्रदेशका संसदीय दलका नेता पनि हुन्। 

यस्तै, पौडेल समूहबाट सभापतिमा जगदिश्वर नरसिंह केसीले उम्मेद्वारी घोषणा गरेका छन्। 

यस्तै, नेता कृष्णप्रसाद सिटौला समूहबाट पनि नेता भीमसेनदास प्रधानले उम्मेद्वारी घोषणा गरेका छन्। प्रधान कांग्रेसका प्रतिनिधि सभा सदस्य पनि हुन्। 

यस्तै प्रदेश महामन्त्रीमा ईश्वर मानन्धर र रामचन्द्र अर्यालले दाबी गरेका छन्। अर्याल मकवानपुर कांग्रेसका पूर्व सभापति हुन्। दोलखाका मानन्धर कांगेस महासमिति सदस्य हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell