PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चेल्सी शीर्षस्थानमा अघिअघि, सिटी र लिभरपुल पछिपछि



पहिलोपोस्ट

चेल्सी शीर्षस्थानमा अघिअघि, सिटी र लिभरपुल पछिपछि

इङ्ग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा चेल्सीले वार्टफोर्डमाथि जित निकाल्यो। भिकारेज रोड स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकालेको हो।

खेलको २९ औं मिनेटमा चेल्सीका म्यासन माउन्टले खेलमा अग्रता दिलाएका थिए। तर ४३ औं मिनेटमा वार्टफोर्डका इमानुअल बोनाभेन्चरले गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा चेल्सीलाई जिताउन हाकिम जिएचले निर्णायक गोल गरे। उनले खेलको ७२ औं मिनेटमा म्यासन माउन्टको पासमा गोल गरेका थिए।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टोन भिल्लालाई हरायो। भिल्ला पार्क स्टेडीयममा सम्पन्न खेलमा सिटीले पनि घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकाल्यो।

खेलको २७ औं मिनेटमा रहिम स्ट्रलिङको पासमा रुबिन डायसले गोल गर्दै खेलमा अग्रता दिलाए। त्यस्तै ४३ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल थप्दा पहिलो हाफमै सिटी दुई गोलले अघी रह्यो। दोस्रो हाफको दोस्रो मिनेटमै एस्टोन भिल्लाका ओल्ली वाटकिन्सले गोल फर्काए। त्यसपछी दुबै टिमले गोल थप्न नसक्दा खेल २-१ अन्तरले सिटीले आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै अर्को खेलमा भने लिभरपुलले एभर्टनमाथि ४-१ गोलअन्तरको जित निकाल्यो। गुडिसन पार्कमा सम्पन्न खेलमा लिभरपुललाई घरेलु टोलीमाथि जित दिलाउन मोहम्मद सलाहले दोहोरो गोल गर्दा जोर्डन हेन्डरसन र डिएगो जोटाले समान १/१ गोल गरे।

हेन्डरसनको गोलमा ९ औं मिनेटमा अग्रता बनाएको लिभरपुलका लागि दोस्रो गोल मोहम्मद सलाहले १९ औं मिनेटमा गरेका थिए। उता एभर्टनका डेमराइ ग्रेले ३८ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफमा लिभरपुल २-१ ले अघि रह्यो। दोस्रो हाफमा सलाहले फेरि अर्को गोल थपे। उनले खेलको ६४ औं मिनेटमा गोल गर्दा जोटाले ७९ औं मिनेटमा गोल गरे।

गएरातिको खेलसँगै चेल्सी शीर्षस्थानमा कायम छ भने सिटी र लिभरपुल शीर्षस्थानमा उक्लनका लागि प्रयासरत छन्। चेल्सीले १४ खेलबाट ३३ अंक जोडेको छ भने सिटीले समान खेलबाट ३२ अंक जोडेको छ। त्यस्तै लिभरपुलको ३१ अंक छ। यद्यपि चौथो स्थानमा रहेको वेस्ट हमभने तेस्रो स्थानमा रहेको लिभरपुल भन्दा ७ अंक पछाडि र शीर्षस्थानको चेल्सी भन्दा ९ अंकले पछाडि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell