PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कांग्रेस महाधिवेशन : हालसम्म सबै तहमा गरी १ लाख ५० हजार पदको आयो परिणाम



पहिलोपोस्ट

कांग्रेस महाधिवेशन : हालसम्म सबै तहमा गरी १ लाख ५० हजार पदको आयो परिणाम

काठमाडौं : नेपाली कांग्रेसलाई अहिले महाधिवेशनको चटारो छ। आज देशभर कांग्रेसको प्रदेश अधिवेशन भइरहेको छ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र संस्थापन इतर समुह नेतृत्वका लागि भिडिरहेका छन्।

कांग्रेस सुचना तथा प्रविधि विभागको अनुसार हालसम्म वडादेखि जिल्लासम्म भएका अधिवेशन र विभिन्न प्रतिनिधिहरु गरि १ लाख ५० हजार पदको परिणाम आएको छ। जसमा १ लाख ४१ हजार ४२ जना सर्वसम्मत रुपमा चयन भएका छन्। त्यस्तै, ८ हजार ४७४ निर्वाचनबाट चुनिएका छन्।

विभागका अनुसार हालसम्म खस आर्यबाट ६८ हजार ८३२ जना र ४३ हजार ३५७ महिला निर्वाचित भइसकेका छन्।

यस्तै, आदिवासी जनजातिबाट ४१ हजार २५६, थारुबाट ५ हजार ८२७ र १ हजार ८६४ अपांगता भएका व्यक्ति पनि निर्वाचित भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell