PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

तोकिएन पेसी, न्यायाधीश र बारबिच छलफल सुरु



पहिलोपोस्ट

तोकिएन पेसी, न्यायाधीश र बारबिच छलफल सुरु

काठमाडौं : कोभिड १९ संक्रमित भएपछि अस्पताल भर्ना भएका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले कायममुकायम प्रधा न्यायाधीश चयन नगरेको विषयलाई लिएर सर्वोच्च अदालतमा छलफल सुरु भएको छ। सर्वोच्च अदालतमा बिहान ११:२० बजेसम्म कुनै पेसी तोकिएको छैन।

न्यायाधीशहरु अहिले बार एशोसिएशनका पदाधिकारीसँगको बैठकमा छन्। कायम मुकायम नतोकेको विषयलाई लिएर सर्वोच्च अदालतमा विवाद कायम छ। 

न्यायाधीश र दलले कार्यवाहक तोक्न भने पनि संवैधानिक रुपमा प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठ न्यायाधीश स्वत: कायम मुकायम प्रधान न्यायाधीश हुने व्यवस्था छ। संविधानको धारा १२९ ले प्रधानन्यायाधीशको अनुपस्थितिमा कायम मुकायम के हुने व्यवस्था गरेको छ। धारा १२९(६) ले प्रधानन्यायाधीश नभएमा वरिष्ठतम न्यायाधीशले कायम मुकायमका रुपमा काम गर्ने उल्लेख छ।

कोरोना देखिएपछि जबरा मंसिर १३ गते राति बलम्बुस्थित अस्पताल भर्ना भएका थिए। १४ गते उनले अस्पतालबाटै पेसी तोकेका थिए। तर, संवैधानिक व्यवस्था अनुसार अस्पतालमा रहँदा उनले पेसी तोक्न नपाउने दलील कानुन व्यवसायीको छ। यसअघि प्रधान न्यायाधीशको अनुपस्थितिमा कार्यवाहक तोक्ने र कार्यवाहक नतोकी स्वत: वरिष्ठ न्यायाधीश कार्यवाहक भएको नजिर समेत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell