PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

ह्विलचेयर दौड : जब प्रतियोगीहरुले स्वयम्भूको एक फन्को लगाए

ह्विलचेयर दौड : जब प्रतियोगीहरुले स्वयम्भूको एक फन्को लगाए

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा स्वयम्भूको भुईँखेलमा बिहीवार ह्विलचेयर  दौड प्रतियोगिता आयोजना गरिएको छ।

'हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार' नारा सहित नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस एशोसिएशनले प्रतियोगिता आयोजना गरेको हो। भुईखेलबाट सुरु भएको दौडमा प्रतिस्पर्धीहरुले स्वयम्भू क्षेत्रको एक फन्को लगाएका थिए।

दौडमा करिब ७५ जना अपाङ्गता भएका व्यक्तिहरु सहभागी भएका थिए। पुरुष तर्फको दौडमा रमेश खत्रीले पहिलो स्थान प्राप्त गरे। यस्तै, अर्जुन तामाङ र रामकाजी मिर्जाले दोस्रो र तेस्रो स्थान प्राप्त गरे।

महिला तर्फको दौडमा यमी झाक्री मगर पहिलो हुँदा इश्वरी कुमाल दोस्रो र रजनी राई तेस्रो भइन्।

अपएबिलिटी फाउन्डेसनले प्रायोजना गरेको प्रतियोगितामा पहिलो हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell