PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

स्वदेश फर्किएपछि सभामखु सापकोटाले भने : अब सर्वोच्चको विवाद समाधानमा केन्द्रित हुन्छु



पहिलोपोस्ट

स्वदेश फर्किएपछि सभामखु सापकोटाले भने : अब सर्वोच्चको विवाद समाधानमा केन्द्रित हुन्छु

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि सर्वदलीय बैठक बोलाएर उपाय खोज्ने बताएका छन्।

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औँ सम्मेलनमा सहभागी भइ बिहीवार स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सापकोटाले सर्वोच्चमा देखिएको समस्या समाधानका लागि नयाँ धारणा बनाएर अघि बढ्ने बताएका हुन्।

‘म भर्खर आउँदैछु। सर्वदलीय बैठक अरु बैठक केके हुन्छ, उपाय खोज्नको लागि अब म यसमा नै केन्द्रित हुनेछु,’ उनले भने। 

सभामुख सापकोटाले सम्मेलनमा नेपालको संविधान निर्माण प्रक्रिया, समावेशी लोकतान्त्रिक सिद्धान्त, महिला सहभागिता लगायका विषयमा जोड दिएको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell