PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

रोकिएको फिल्म 'बजरंगी' को निर्माण गर्ने तयारीमा प्रशान्त गिरी



पहिलोपोस्ट

रोकिएको फिल्म 'बजरंगी' को निर्माण गर्ने तयारीमा प्रशान्त गिरी

काठमाडौं: अभिनेता प्रशान्त गिरी यतिबेला नेपालमा छन्। उनी लामो समयपछि फिल्म निर्माण तथा अभिनयमा फर्किने भएका छन्।

फिल्म 'बाउन्सर' रिलिज लगत्तै गिरीले फिल्म 'बजरंगी' निर्माण गर्ने घोषणा गरेका थिए। तर ‘बाउन्सर’ रिलिज पछि व्यवसायिक कारणले अमेरिका पुगेका गिरीको फिल्मको निर्माणको काम रोकिएको थियो।

सोही रोकिएको फिल्म 'बजरंगी' को काम अगाडी बढाउने तयारीमा रहेको गिरीले जानकारी दिए। आफु 'बजरंगी' बाट निर्माण र अभिनयमा फर्किने लागेको उनले बताए। 

अहिले फिल्मको स्क्रिप्ट लेख्ने काम भइरहेको र अर्को वर्षको मध्यबाट फिल्मको छायाङ्कन सुरु गर्ने तयारी रहेको बताइएको छ।

फिल्म 'थ्याकंयु' बाट नेपाली सिने जगतमा डेब्य गरेका गिरी हरर फिल्म 'साइना' मा पनि मुख्य भूमिकामा देखिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell