PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

वाल्ट डिज्नेले ९८ वर्षमा पहिलोपटक महिलालाई प्रमुख चुन्यो, सुसन आर्नोल्ड डिज्ने सिइओ बन्दै



पहिलोपोस्ट

वाल्ट डिज्नेले ९८ वर्षमा पहिलोपटक महिलालाई प्रमुख चुन्यो, सुसन आर्नोल्ड डिज्ने सिइओ बन्दै
Photo : Cosmopolitan

विश्वचर्चित इन्टरटेनमेन्ट कम्पनी वाल्ट डिज्नेले पहिलोपटक अध्यक्षका रुपमा महिला चयन गरेको छ। सुसन आर्नोल्ड डिज्ने कम्पनीको ९८ वर्षे इतिहासमै पहिलोप महिला अध्यक्ष बन्न लागेकी हुन्।

सुसन विगत १४ वर्षदेखि डिज्नेको संचालक समिति सदस्यका रुपमा थिइन्। उनले यसै डिसेम्बरको अन्तिममा बब इगेरको ठाउँ लिनेछिन्।

सन् २०२० मा डिज्नेका सिइओको भूमिकाबाट इगेर १५ वर्ष बिताएर बाहिरिएका थिए। उनले यसै महिना डिज्नेलाई छोड्दैछन्।

'बोर्डको अध्यक्षका रुपमा मैले जिम्मेवारी सम्हाल्दा कम्पनीका शेयरधनीहरुको दीर्घकालीन हितमा रही गरिरहेको कामलाई निरन्तरता दिनेछु,'सुसनले भनेकी छिन् 'कम्पनीका सिइओ बब सापेकसँग निकट रही कम्पनीको शताब्दी लामो विरासतलाई अझ बढी उत्कृष्ट र सिर्जनशील बनाउन तल्लिन रहनेछु।'

उनले अमेरिकाका ठूला कम्पनीहरुमा उच्च पदाधिकारीका रुपमा पनि काम गरिसकेकी छिन्। विगत ८ वर्षदेखि सुसन ग्लोबल इन्भेष्टमेन्ट फर्म कार्लेली ग्रुपमा कार्यकारीका रुपमा काम गर्थिन्। उनले कन्ज्युमर गुड्स जायन्ट प्रोक्टर एण्ड ग्यामबलका साथै फास्ट फुड चेन म्याकडोनाल्डमा समेत काम गरिसकेकी छिन्।

'सुसन असाध्यै खारिएकी कार्यकारी हुन् जो सँग धेरै अनुभव र विज्ञता रहेको छ। सन् २००७ मा कम्पनीको बोर्डमा संलग्न भएदेखि नै उनले आफूलाई प्रमाणित गरिसकेकी छिन्,' आफ्नो ठाउँमा आउन लागेकी सुसनबारे इगेरले भने।

हाल ठूला कम्पनीहरुले आफ्नो ब्यबस्थापन संरचनाहरु परिवर्तन गर्ने लहर नै चलिरहेको बेला डिज्नेले पनि नयाँ अध्यक्ष चयन गरेको हो।

कम्पनीबाट हालका अध्यक्ष इगेरको एक्जिट सन् १९९६ देखिको डिज्नेको एउटा कालखण्डको अन्त्यपनि हो। सो समयदेखि निरन्तर रुपमा इगेर नै कम्पनीको उच्च पदमा रहिरहेका थिए।

उनले सिइओका रुपमा कार्यरत रहँदा डिज्नेका लागि निकै महत्वपूर्ण कामहरु गरेका छन्। उनकै समयमा कम्पनीमा मेजर एक्विजिसनहरु भएका थिए। उनकै पहलमा पिक्सर, मार्भल, लुकासफिल्म र ट्वान्टिफर्स्ट सेन्चुरी फक्सलाई डिज्नेले लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell