PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

१६ वटा जिल्लामा कांग्रेसको अधिवेशन स्थगित, महाधिवेशनपछि नयाँ मिति तोकिने



पहिलोपोस्ट

१६ वटा जिल्लामा कांग्रेसको अधिवेशन स्थगित, महाधिवेशनपछि नयाँ मिति तोकिने

काठमाडौं :  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन हुन बांकी क्षेत्रमा महाधिवेशनपछि मात्रै अधिवेशन हुने भएको छ।

आज बसेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले अधिवेशन हुन बांकी रहेका जिल्ला कार्यसमितिको निर्वाचन लगायत जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। आजबाट देशभर कांग्रेसको प्रदेश अधिवेशन सुरु हुँदैछ।

हालसम्म ६१ वटा जिल्लामा अधिवेशन सम्पन्न भइसक्दा १६ वटा जिल्लामा अधिवेशन हुन नसकेको कांग्रेस महाधिवेशन निर्वाचन समितिका सचिव जगननाथ श्रेष्ठले जानकारी दिए। अब १६ वटा जिल्लाको अधिवेशन महाधिवेशनपछि मात्रै हुने उनले बताए।

 

पार्टीको क्रियाशील सदस्यतालगायतको विवादका कारण सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपुर (बर्दघाट सुस्तापूर्व), बाँके, अछाम, कैलाली, तथा प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ।

१४ औं महाधिवेशनपछि समितिले निर्धारण गरेको नयाँ तालिकामा जिल्ला अधिवेशन हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell