PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा जहाँ हेर्‍यो त्यहीँ उम्मेदवारको ब्यानर

राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा जहाँ हेर्‍यो त्यहीँ उम्मेदवारको ब्यानर

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : भृकुटीमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महधिवेशन चलिरहेको छ। बुधवार सुरु भएको महाधिवेशनमा बिहीवार साँझसम्म संशोधित विधान पारित गर्ने र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने कार्यक्रम छ।

आज पनि भृकुटीमण्डप क्षेत्रमा दिनभर राप्रपा नेता कार्यकर्ताको चहलपहल रह्यो। सभाहलमा बन्दसत्र चलिरहँदा हल बाहिर भने नेता कार्यकर्ताको भिड थियो। उम्मेदवारी घोषणा गरेका राप्रपा नेताहरु प्रतिनिधिहरुसँग मत माग्न व्यस्त देखिए।

उम्मेदवारी घोषणा गरेकाहरुको ब्यानर भृकुटीमण्डप क्षेत्र भर राखिएको छ। सडक देखि रुखसम्म उम्मेदवारलाई  चिनाउन ब्यानर राखिएको छ।

महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित १९९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुनेछ। उपाध्यक्ष र महामन्त्रीमा कम्तिमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्नेछ। महाधिवेशन मंसिर १७ गतेसम्म संचालन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell