PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

भारतमा पनि देखियो कोरोनाको 'ओमिक्रोन भेरियन्ट', कर्नाटकमा फेला पर्‍यो दुई केस



पहिलोपोस्ट

भारतमा पनि देखियो कोरोनाको 'ओमिक्रोन भेरियन्ट', कर्नाटकमा फेला पर्‍यो दुई केस
Photo : Reuters

काठमाडौं : भारतमा कोभिड १९ को नयाँ भेरियन्ट 'ओमिक्रोन' भेटिएको छ। दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको यो भेरियन्ट संक्रामक रहेको भन्दै विश्वभर सतर्कता अपनाउन थालिएको छ।

भारतले पनि अफ्रिकी देशबाट आउनेहरुमाथि प्रतिबन्धात्मक व्यवस्था लागू गरेको थियो। यसबिच भारतको कर्नाटकमा ओमिक्रोनको दुई केस फेला परेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको अवस्था सामान्य रहेको छ।

संक्रमण देखिनेमा ४६ वर्षीय र ६६ वर्षीय पुरुष रहेको बताइएको छ। उनीहरुसँग कन्टयाक्टमा आउनेहरु ट्रेसिङ भइरहेको छ।

मन्त्रालयले मानिसहरुलाई नयाँ भेरियन्ट देखिँदैमा त्रसित नहुन र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell