PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

माओवादी केन्द्रको प्रदेश सम्मेलन मंसिर २५ गते, प्रचण्डले एकसाथ भर्चुअल रुपमा उद्घाटन गर्ने



पहिलोपोस्ट

माओवादी केन्द्रको प्रदेश सम्मेलन मंसिर २५ गते, प्रचण्डले एकसाथ भर्चुअल रुपमा उद्घाटन गर्ने
फाइल फोटो

काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले पार्टीको वडा सम्मेलन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकोस्थायी कमिटी बैठकले पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए। 

कतिपय पालिकाहरुमा भने अधिवेशन स्थगित भए पनि चाँडै सकिने र पालिका अधिवेशनहरु पनि उत्साहपूर्वक अगाडी बढेको निष्कर्ष निकालिएको उनले बताए। 

महराले हालसम्म पार्टीको सदस्यता ७ लाख ६ हजार ५०० पुगेको र पार्टी सदस्यता ८ लाख पुग्ने अनुमान गरिएको जानकारी दिए। 

बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुष ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ। 

त्यस्तै मंसिर २५ गते सबै प्रदेशको प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने पनि प्रवक्ता महराले बताए। स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell