PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

भुपेन्द्रजंग शाहीले दिए कर्णाली कांग्रेसको सभापतिमा उम्मेद्वारी



पहिलोपोस्ट

भुपेन्द्रजंग शाहीले दिए कर्णाली कांग्रेसको सभापतिमा उम्मेद्वारी

सुर्खेतः नेपाली कांग्रेसको कर्णाली प्रदेश कार्यसमिति सभापति पदमा युवा नेता भुपेन्द्रजंग शाहीले उम्मेदवारी घोषणा गरेका छन्।

कालीकोट निवासी शाही नेपाल तरुण दलका महामन्त्रीसमेत हुन्। उनले आफू पार्टीको प्रदेश सभापति पदमा विजयी भए प्रदेशमा पार्टीलाई पहिलो स्थानमा पुर्‍याउने र युवा पङ्क्तिलाई आकर्षित गर्ने खालका नीति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे।

नेपाल विद्यार्थी संघ हुँदै तरुण दलको राजनीतिमा क्रियाशील शाही २०७० को संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कालीकोटबाट उम्मेदवार बनेका थिए। तर पराजित भए।

शाही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन्।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट उक्त पदका लागि संविधानसभा सदस्यद्वय ललितजंग शाही र राजीवक्रिम शाह तथा कालीकोटका पार्टीका पूर्व सभापति कालीबहादुर सहकारीले दाबी गरिरहेका छन्।

कर्णाली कांग्रेस प्रदेश कार्यसमितिका लागि शुक्रवार उम्मेदवारको मनोनयन दर्ता तथा शनिबार मतदान गर्ने निर्वाचन कार्यतालिका रहेको छ। शुक्रबार बिहान ८ देखि ११ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको समय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell