PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

आर्सनलमाथि म्यानचेस्टर युनाइटेडको जित, रोनाल्डोको कीर्तिमानी गोल



पहिलोपोस्ट

आर्सनलमाथि म्यानचेस्टर युनाइटेडको जित, रोनाल्डोको कीर्तिमानी गोल
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि जित निकालेको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोलीले आर्सनलमाथि ३-२ गोलअन्तरले जित निकालेको हो।

खेलको १३ औं मिनेटमै इमिली स्मिथ रोवीको गोलमा आर्सनलले खेलमा अग्रता बनाएको थियो। यद्यपि ४४ औं मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल फर्काउँदा पहिलो हाफ १-१ को बराबरीमा रोकियो। त्यस्तै दोस्रो हाफमा युनाइटेडले अग्रता बनायो। मार्कस रासफोर्डको क्रसमा क्रिस्टियानो रोनाल्डोले ५२ औं मिनेटमा गोल गरे। तर दुई मिनेट लगत्तै आर्सनलका मार्टिन ओडेगाडले गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको ७० औं मिनेटमा युनाइटेडका फ्रेडमाथि आर्सनलका ओडेगार्डले फउल गरेपछि भीएआर रिभ्यु पछि रेफ्रीले युनाइटेडलाई पेनाल्टीको अवसर दिए। जसलाई सदुपयोग गर्दै रोनाल्डोले अर्को गोल थपे।

आर्सनलविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले करियरको ८०० गोल पुरा गरेका छन्।

अंक तालिकामा युनाइटेड २१ अंक जोडेर ७ औं स्थानमा छ भने २३ अंक जोडेको आर्सनल पाँचौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell