PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

रातभर जाग्राम बसेपछि पितृ उद्धारको कामना सहित पशुपतिमा छरियो शतबीज

रातभर जाग्राम बसेपछि पितृ उद्धारको कामना सहित पशुपतिमा छरियो शतबीज

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज पशुपतिनाथलगायत देशका विभिन्न शिवालयमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ।

बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बस्ने गरिन्छ। यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास छ ।

चतुर्दशीको दिन पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने परम्परा रहेको छ। सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेको गणेशमन्दिर नजिक आइपुगेपछि मूर्तिलाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्ने प्रचलन समेत छ।

अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा छ। यसैकारण देशभरबाट मानिस पितृउद्धारको उद्देश्यले पशुपति आउने गर्छन्।

बिहीवार राति १२ बजेपछिदेखि बिहानसम्म देखिएको पशुपतिको दृश्य



ट्रेन्डिङ पोस्ट

Ncell