PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज, बालुवाटारबाट सर्वोच्च अदालत चलाउने



पहिलोपोस्ट

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज, बालुवाटारबाट सर्वोच्च अदालत चलाउने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना भाइरस संक्रमण देखिएपछि जबरा मंसिर १३ गते राति बलम्बुस्थित नेपाल एपीएफ अस्पताल पुगेका थिए। उनको त्यही उपचार भइरहेको थियो। 

आज डिस्चार्ज भएपछि जबराले अब प्रधानन्यायाधीश निवास वालुवाटारबाटै सर्वोच्च अदालतको प्रशासनिक काम संचालन गर्ने बताइएको छ।

कोभिड१९ निमोनिया देखिएपछि अस्पतालमा उपचार भइरहँदा जबराले १४ गते अस्पतालबाट नै पेसी तोकेका थिए। तर, नेपाल  बार एशोसिएशनले कायम मुकायम प्रधान न्यायाधीश को हो? भन्दै प्रश्न उठाएपछि बेन्च बस्न सकेको थिएन।

बिहीवार पनि यस कायम कुमायमको विषयमा न्यायाधीश र बारको बैठक बसेको थियो। बैठकका क्रममा न्यायाधीश हरिकृष्ण कार्कीले जबरालाई फोन गर्दै उनको स्वास्थ्य अवस्था बुझेका थिए। साथै, उनलाई अदालतमा भइरहेको छलफलबारे ब्रिफ गरेका थिए।

जवाफमा जबराले कायम मुकायमको विवादमा नअल्झिँन भनेका थिए। उनले आफू डिस्चार्ज हुने र शुक्रवारबाट काममा आउने बताएका थिए।

प्रधानन्यायाधीशले शुक्रवारबाट काममा फर्किन्छु भनेपछि न्यायाधीश र बार पदाधिकारी फेरि छलफलमा जुटेका थिए। आज पनि न्यायाधीश र बारबिच छलफल हुने बताइएको छ।

जबराको राजीनामा माग्दै अदालतमा न्याय सम्पदनको काम प्रभावित भइरहँदा सत्तारुढ राजनीतिक दलको बैठकले जबरालाई विदामा बसेर कार्यवाहक तोक्न आग्रह गरेको थियो। यता, जबराले भने संक्रमणको अवस्थाबिच निवासबाट नै अदालत चलाउने सन्देश दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell