PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

माओवादी सम्मेलनमा प्रतिनिधिका लागि सहभागि शुल्क दुई हजार, विधान परिमार्जनका लागि बन्यो कार्यदल



पहिलोपोस्ट

माओवादी सम्मेलनमा प्रतिनिधिका लागि सहभागि शुल्क दुई हजार, विधान परिमार्जनका लागि बन्यो कार्यदल
फाइल फोटो: प्रचण्डको सचिवालय

काठमाडौं : नेकपा माओवादी केन्द्रले विधान परिवर्तनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको छ। 

शुक्रवार बिहान बसेको स्थायी कमिटीको बैठकले स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा विधान संशोधन उपसमिति गठन गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। 

उपसमितिमा स्थायी कमिटी सदस्यहरु लिलामणि पोखरेल, जनार्दन शर्मा, मात्रिका यादव र पम्फा भुषाल रहेका छन्। कार्यदलले मंसिर २५ भित्र विधानको मस्यौदा तयार गर्ने छ। 

त्यस्तै बैठकले हितमान शाक्यको संयोजकत्वयमा सम्मेलन व्यवस्थापन उपसमितिसमेत गठन गरेको छ। प्रवक्ता महराको संयोजकत्वमा प्रचार प्रसार उपसमितिसमेत बैठकले गठन गरेको छ। 

बैठकले प्रत्येक प्रदेशबाट ३० जना प्रतिनिधि सहभागि हुने गरी कार्यविधि तय गरेको छ।

हेरक प्रदेशका कमिटीमा घाइते अपांगलाई समेटनुपर्ने विषयमा समेत छलफल भएको छ। 
त्यस्तै प्रतिनिधि थप गर्ने प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णयसमेत बैठकले गरेको छ। 
सम्मेलनमा प्रत्येक प्रदेशबाट जनसंख्याको अनुपातमा प्रतिनिध सहभागि गराइने निर्णयसमेत गरेको छ। 

यता महाधिवेशनमा सहभागि प्रतिनिधिका लागि दुई हजार शुल्क तोक्ने निर्णयसमेत बैठकले गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell