PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

'ओमिक्रोन भेरियन्ट' भेटिएपछि अमेरिकामा यात्रा नियममा कडाइ, सबैलाई खोप लगाउन आग्रह



पहिलोपोस्ट

'ओमिक्रोन भेरियन्ट' भेटिएपछि अमेरिकामा यात्रा नियममा कडाइ, सबैलाई खोप लगाउन आग्रह
Photo : Getty Images

अमेरिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' संक्रमण पुष्टि भएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी नयाँ नियम र प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन्।

अमेरिकाको क्यालिफोर्निया, कोलोराडो, मिनेसोटा, न्यूयोर्क र हुवाईमा नयाँ भेरियन्टको संक्रमण देखिएको हो। अधिकारीहरुका अनुसार संक्रमितहरुले भर्खरै कतै यात्रा गरेको फेला परेको छैन। हालसम्म ओमिक्रोन संक्रमण देखिएका ८ जनाको अवस्था सामान्य रहेको छ।

बाइडेनले अन्तर्राष्ट्रिय यात्रुलाई अमेरिका आउनुभन्दा २४ घण्टा अघि अनिवार्य कोभिड १९ परीक्षण गर्नुपर्ने बताएका छन्। यो नियम पूर्ण खोप लगाएकाहरुमा पनि लागू हुनेछ। यस्तै, सार्वजनिक यातायात र हवाई उडानको क्रममा पनि मास्क अनिवार्य गरिएको छ।

मार्चसम्म नयाँ प्रतिबन्धहरु कायम रहने बताइएको छ। बाइडेनले हाल केही नियम सार्वजनिक गरेपनि सटडाउन वा लकडाउनको कुनै योजना भने सार्वजनिक गरेनन्।

अमेरिकाले आफ्ना नागरिकहरुलाई संक्रमित हुनबाट र संक्रमण फैलिनबाट जोगिन कोभिड १९ विरुद्ध खोप लगाउन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell