PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेसको वाग्मती प्रदेश सभापतिमा केसी, बानियाँ र प्रधानले गरे उम्मेदवारी दर्ता



निशा गुरुङ

कांग्रेसको वाग्मती प्रदेश सभापतिमा केसी, बानियाँ र प्रधानले गरे उम्मेदवारी दर्ता

हेटौंडा : सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज वाग्मती प्रदेशको हेटौंडामा प्रदेशतर्फको उम्मेद्वारीको मनोनयन दर्ता भइरहेको छ। बिहीवारबाट हेटौंडास्थित वन विज्ञानको खेल मैदानमा सुरु भएको प्रदेश अधिवेशनमा आज मनोनयन दर्ता भइरहेको छ।

अहिलेसम्म पार्टीको प्रदेश सभापतिका लागि रामचन्द्र पौडेल समूहबाट जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दर्ता गरेका छन्। त्यसैगरी सभापतिकै लागि पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन्। कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधानले पनि उम्मेद्वारी दर्ता गरेका छन्।

यसअघि केसीले बिहीवार साँझ र बानियाँले शुक्रवार आफ्नो प्यानल सहित उम्मेद्वारी घोषणा गरेका थिए। 

केसीले शुक्रवार बिहान, बानियाँ र प्रधानले दिउँसो सभापतिको लागि उम्मेद्वारी दर्ता गरेको प्रदेश निर्वाचन आयोगका सदस्य ज्ञानेन्द्र प्रसाद अधिकारीले जानकारी दिए। यससँगै कांग्रेस प्रदेश अधिवेशनमा सभापतिको लागि त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने देखिएको छ। भोलि शनिवार नेतृत्वको लागि मतदान हुनेछ।

वाग्मती प्रदेशमा पदाधिकारी बाहेक अन्य ८३ सदस्य पदमा चुनाव हुँदैछ। मनोनित सहित वाग्मती प्रदेश समिति कूल ९१ सदस्यीय हुनेछ। प्रदेशमा कूल २१३७ जना मतदाता रहेका छन्। निर्वाचन अन्तर्गत भोलि मंसिर १८ गते बिहान ९ बजेदेखि मतदान हुनेछ। अधिवेशनबाट प्रदेश सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ३ जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ। प्रदेशको संरचना अनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलो पटक हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell