PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

सुदूरपश्चिम प्रदेश कांग्रेस सभापतिमा बलायर र मिश्र भिड्दै



पहिलोपोस्ट

सुदूरपश्चिम प्रदेश कांग्रेस सभापतिमा बलायर र मिश्र भिड्दै

कैलाली : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन्। संस्थापन समूहका नेताहरूको छलफलपछि पूर्व मन्त्रीसमेत रहेका बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन्।

संस्थापन पक्षबाट उप सभापतिमा जनक चौधरी, लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह, मेघराज खड्का, सह महामन्त्रीमा गोपाल भट्ट सह महामन्त्रीमा अम्बिका चलाउने रहेका छन्।

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरूबिच शुक्रबार बिहानदेखि नै छलफल भएको थियो।

यस्तै, पौडेल पक्षबाट प्रदेश सभापतिमा कैलालीका पूर्व जिल्ला सभापति नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने भएको छ। यस्तै उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट उम्मेदवार छनोट गरिएको छ।

निर्वाचन कार्य तालिका अनुसार शनिवार मतदान हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell