PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

महाधिवेशन प्रतिनिधिलाई शेखरको आह्वान : युग सुहाउँदो कांग्रेस निर्माण गर्न अन्तरआत्माको पुकार सुन्नुस्



पहिलोपोस्ट

महाधिवेशन प्रतिनिधिलाई शेखरको आह्वान : युग सुहाउँदो कांग्रेस निर्माण गर्न अन्तरआत्माको पुकार सुन्नुस्

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिले पार्टीको अवस्था ठिक नभएको बताएका छन्। विराटनगरमा आयोजित नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसको इतिहास र संघर्षका गाथा बलिदानपुर्ण र गौरवशाली भएपनि पार्टीको वर्तमान अवस्था ठिक नभएको बताएका हुन्।

उनले पार्टीमा नयाँ पुस्ताको उदय हुनु आवश्यक रहेकोमा जोड दिए। १४ औं महाधिवेशनबाट पार्टीमा सही नेतृत्व छान्न उनले महाधिवेशन प्रतिनिधिलाई आग्रह पनि गरेका छन्।

भने, 'पार्टी गतिशिल र उर्जावान हुन नेतृत्वमा नयाँ पुस्ता, नयाँ विचार, नयाँ कार्यशैली र नयाँ कार्यक्रमको आवश्यकता छ। महाधिवेशनले हामीलाई युग सुहाउँदो कांग्रेस निर्माण गर्ने अवसर प्रदान गरेको छ। कांग्रेस प्रतिनिधिहरूलाई भविष्यको नयाँ कांग्रेस निर्माणमा आफ्नो अन्तरआत्माको आवाज सुन्न अनुरोध गर्छु।'

शेखरले विपी कोइरलाले देशमा संकट भएको अवस्थामा एक मुठी देशको माटो समाएर निर्णय लिन सुझाएको सम्झिँदै प्रतिनिधिहरुलाई भविष्यको कांग्रेसबारे अन्तरआत्माको पुकार सुन्नु आग्रह समेत गरेका छन्।

'त्यो अन्तरआत्माको आवाजवाट नयाँ कांग्रेस प्रस्फुटन हुनेछ' कोइरालाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell