PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'महिला हिंसा- भ्रूणदेखि चिहानसम्म'

'महिला हिंसा- भ्रूणदेखि चिहानसम्म'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: बबरमहलस्थित नेपाल कला परिषदमा 'महिला हिंसा- भ्रूणदेखि चिहानसम्म' एकल चित्रकला प्रदर्शन भइरहेको छ। आर्टिस्ट सुप्रिया पाण्डेले महिलामाथि हुने हिंसाका विषयमा केन्द्रित भएर बनाएका पेन्टिङ प्रदर्शनमा राखिएका छन्।

हिजोदेखि सुरु भएको एकल कला प्रदर्शनी शनिबारसम्म चल्नेछ। प्रदर्शनमा राखिएका पेन्टिङले महिलाको भ्रूणदेखि मृत्युसम्म भोग्नुपर्ने पीडालाई देखाएको छ।

भ्रूण परीक्षण गरेर छोरीलाई जन्मिनै नदिने प्रवृत्तिदेखि महिलालाई बोक्सीको आरोपमा दिइने पीडा, एसिड आक्रमण र योग्यता क्षमता भएर घरमै बस्न बाध्य नारीका कथालाई समेटिएको सुप्रियाले बताइन्।

प्रदर्शनमा राखिएका पेन्टिङ बनाउन सुप्रियालाई २ वर्ष लागेको थियो।

प्रदर्शनमा राखिएका पेन्टिङको विक्रीबाट आएको रकम कर्णाली क्षेत्रका बालबालिकाहरुको शिक्षा,कला प्रशिक्षण र कला सामग्री खरिदमा खर्च गरिनेछ।

 



ट्रेन्डिङ पोस्ट

Ncell