PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रदिप खड्काको फिल्म ‘प्रकाश’को डिजिटल राइट्स बिक्री



पहिलोपोस्ट

प्रदिप खड्काको फिल्म ‘प्रकाश’को डिजिटल राइट्स बिक्री

काठमाडौं: अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भएको छ। डिएआर मुभिजले डिजिटल राइट्स ८० लाखमा रुपैयाँमा खरिद गरेको हो।

‘प्रकाश’ निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा खरिद् सम्झौता गरिएको छ। 

फिल्ममा गाउँको युवाले शिक्षकको सरकारी जागिर खान गर्ने संघर्षलाई कथामा समेटिएको छ। बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रदिपका साथै रेनु योगी, दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्कालगायतका कलाकारहरुको अभिनय छ।

विकास सुवेदीको कथा रहेको फिल्ममा दिनेश राउतको निर्देशन रहेको छ। फिल्मलाई हिन्दी भाषामा पनि डबिङ गरेर प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ।

तर अहिलेसम्म फिल्मको रिलिज मिति तय हुन सकेको छैन। छिट्टै फिल्मको पोस्टर तथा टिजरका साथै मिति सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell