PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

जगदिश्वर नरसिंहको पक्षमा मत माग्दै प्रकाशमान, ‘जनताले सभापतिलाई नपत्याएका कारण चुनावी परिणाम कम्युनिस्टको पक्षमा’



निशा गुरुङ

जगदिश्वर नरसिंहको पक्षमा मत माग्दै प्रकाशमान, ‘जनताले सभापतिलाई नपत्याएका कारण चुनावी परिणाम कम्युनिस्टको पक्षमा’

काठमाडौँः नेपाली कांगेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई जनताले विश्वास नगरेका कारण अघिल्लो चुनावको नतिजा कम्युनिस्टको पक्षमा गएको बताएका छन्। हेटौँडामा आफ्नो समूहका प्रदेशका सभापति पदका उम्मेद्वार जगदिश्वर नरसिंह केसीलाई मत माग्दै सिंहले अब पनि असक्षम व्यक्तिलाई नेतृत्वमा राख्न नहुने बताए। 

असक्षम नेताहरुलाई पार्टी नेतृत्वमा कायम राखे आफूहरुको भविष्य संकटमा रहेको पनि सिंहले बताए।  जनताले पार्टी सभापतिलाई नपत्याएका कारण निर्वाचन परिणाम कम्युनिस्टको पक्षमा गएको पनि उनले बताए। 

असक्षम नेतालाई पार्टी नेतृत्वमा कायम राख्ने कि नराख्ने भन्ने विषयमा कार्यकर्ताले सोच पु¥याउनुपर्ने बताए। सिंहले वाग्मती प्रदेशमा केसीको टिम नै अहिलेको आवश्यकता भएकाले विवेक पु¥याउन मतदातालाई आग्रह गरे। 

वाग्मतीको नतिजाले केन्द्रीय नेतृत्व पनि परिवर्तनको आवश्यकता छ भन्ने सन्देश दिनुपर्ने पनि उनले बताए। नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदै छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell