PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ए डिभिजन लिगमा आज दुई खेल, मनाङ मर्स्याङदीलाई संकटाको चुनौती



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज दुई खेल, मनाङ मर्स्याङदीलाई संकटाको चुनौती

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मनाङ मर्स्याङदी क्लब र संकटा क्लब आमने सामने हुनेछन्। लिगका दुई खेलमा लगातार जित निकालेको मनाङ फेरि पनि तेस्रो खेलमा पनि जित निकाल्दै शीर्षस्थानमा पुग्ने होडमा हुनेछ। त्यस्तै ४ अंक जोडेको संकटा पनि जित निकाल्दै शीर्षस्थानको होडमा रहने छ।

'संकटा पनि बलियो टोली छ। गेमहरु राम्रो छ। इन्डेक्सहरु हेर्दा सेटपिसमा राम्रो छ। उनीहरु विङमा ध्यान दिन्छ। उनीहरुलाई मार्किङ र प्रेसिङमा ध्यान दिनुपर्छ। उनीहरुको लेफ्टफुटेड खेलाडी राम्रो छ,' मनाङका प्रशिक्षक राजेन्द्र तामाङले भने, 'शीर्षस्थानमा रहनका लागि आफूलाई ध्यान दिनुपर्छ। तीन अंकका लागि खेल्छौं।

मनाङ र संकटा दिउँसो १ बजे प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै आजै हुने दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टीम (एनआरटी) प्रतिस्पर्धा गर्नेछन्। च्यासल लगातार दोस्रो जितको खोजीमा हुनेछ भने एनआरटी पहिलो जितको खोजीमा हुनेछ। तालिकामा च्यासलको ३ अंक र एनआरटीको १ अंक छ।

'अहिले पनि केही विग्रेको जस्तो लाग्दैन। ११ म्याच छ। हाम्रो कोशिष जारी छ। हामी तयारी नै छौं। सबैको तयारी राम्रो छ। हामी खेल्दा र अहिले फरक छ। केही अनुभवी टिम छ। उनीहरुको शैली फरक छ,' एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले भने, 'पहिलो म्याच राम्रो खेलेजस्तो लाग्छ। दोस्रोमा खेल्न नसकेको भन्ने खेलाडीले नि महसुस गरेको छ। पहिलो र दोस्रो गेममा फरक छ। ग्राउन्ड हार्ड छ। फर्डलाइटमा फरक हुन्छ। जोस नै अर्कै हुन्छ। दुइवटैमा विदेशीका खेलाडी चलेको छैन।'

एनआरटी र च्यासल पौने ५ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell