काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले एमालेको महाधिवेशन चितवनमा हुनु सकारात्मक भएको बताएका छन्। नारायणी नदी किनारमा पैदलमार्गको शिलान्यास गर्दै प्रचण्डले एमालेको महाधिवेशनमा सहभागीले चितवनको विकास देखेर गएको बताए। प्रचण्डले एमालेले चितवनको राजनीतिक र पर्यटकीय महत्व बुझेर गएको बताए।
राजनीतिको केन्द्रमा चितवन रहेको प्रचण्डको भनाइ छ। 'राजनीतिको केन्द्र चितवन हो भन्ने देखिन्छ। केही दिनअघि नारायणी किनारमा भएको निकै ठुलो मेला जस्तोमा सहभागिले चितवनको विकास देखेर जानुभयो,'उनले भने।
उनले आफूले अरू पार्टीका कार्यक्रम पनि चितवनमा भएको हेर्न चाहेको बताए।
