PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

वाग्मतीमा इन्द्र बानियाँको आक्रामक प्रचार, नाचगानदेखि ब्यानर राख्न भवनै कब्जा!



निशा गुरुङ

वाग्मतीमा इन्द्र बानियाँको आक्रामक प्रचार, नाचगानदेखि ब्यानर राख्न भवनै कब्जा!

हेटौंडा : कांग्रेस प्रदेश अधिवेशनका लागि मतदानअघि उम्मेद्वारहरुले आक्रामक रुपमा प्रचारमा उत्रिएका छन्। वाग्मती कांग्रेस सभापतिका लागि इन्द्र बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधान मैदानमा छन्।

हेटौंडा - १० वन विज्ञान अध्ययन संस्थानको खेल मैदानलाई मतदान स्थल तोकिएको छ। मतदानस्थल वरपर तीनै उम्मेद्वारको प्रचारशैली आक्रामक छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षधर बानियाँले आफ्नो प्रचारका लागि भवनै कब्जा गरेको देखिन्छ। बानियाँ शुक्रवार नाचगानमासमेत उत्रेका थिए।

घर यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता केसी र प्रधान पनि मत माग्न उत्तिकै सक्रिय छन्। घाँटीमा उम्मेद्वारको नामवली बोकेर तीनै प्रत्यासीका समर्थक यतिबेला मत माग्न व्यस्त देखिन्छन्।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केशबप्रसाद काफ्लेका अनुसार विभिन्न १० वटा मतदान स्थल बनाएर मतदान गरिने व्यवस्था गरिएको छ। ९ बजेबाट मतदान सुरुहुने कार्यतालिका भएता पनि समय हेरफेर हुने जनाइएको देखिन्छ। मतपत्र छाप्ने तथा उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्न बाँकी नै रहेको काफ्लेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell