PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

रामचन्द्र पौडेललाई मतदान गर्न लाग्यो ३५ मिनेट, 'अध्याँरोमा, दुईवटा लिस्ट हेर्दा गाह्रो भयो, कण्ठ पनि थिएन'



रिना थापा

रामचन्द्र पौडेललाई मतदान गर्न लाग्यो ३५ मिनेट, 'अध्याँरोमा, दुईवटा लिस्ट हेर्दा गाह्रो भयो, कण्ठ पनि थिएन'

पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि पोखरामा मतदान जारी छ। पोखरा प्रर्दशनी केन्द्रमा पौने १० बजेबाट मतदान सुरु भएको हो। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि भर्खरै मतदान गरेका छन्।

पौडेललाई मतदान गर्न झन्डै आधा घण्टा बढी समय लागेको थियो। धेरै समय लाग्यो नि भन्ने सञ्चार कर्मीको प्रश्नमा आफूलाई केही अप्ठेरो परेको पौडेलले बताए। 'अध्यारोमा, दुईवटा लिस्ट हेर्दा कण्ठ पनि छैन। प्रचारमा पनि थिइनँ,' पौडेलले भने।

कसलाई मतदान गर्नुभयो त? प्रश्नको जवाफमा पौडेलले भने, 'मैले मतदान गर्दा आत्मालाई साक्षी राखेर कांग्रेसको भलो र कसरी रुपान्तरण हुन्छ भन्ने कुरामा मैले विश्वास र भरोसा गरेकोलाई खोजीखोजी मतदान गरें।'

कांग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेद्वार चुनावी मैदानमा छन्।

संस्थापन पक्षबाट प्रदेश सभापतिमा अर्जुन जोशी सभापतिका उम्मेद्वार छन् भने संस्थापन इतरबाट शुक्रराज शर्मा

पौडेल समूहको उपसभापतिमा बागलुङका हरिकुमार श्रेष्ठ र स्याङ्जाकी कल्पना तिवारीको उम्मेद्वारी छ। महामन्त्रीमा नवलपुरका विष्णु लामिछाने र गोरखाका किरणबाबु श्रेष्ठको उम्मेद्वारी छ।

यस्तै सहमहामन्त्रीमा पर्वतका रामचन्द्र जोशी, लमजुङका रमेश पाण्डे छन्। यता महिला सहमहामन्त्रीमा कास्कीकै कोपिला रानाभाट उम्मेद्वारी छ। सहमहामन्त्री खुल्ला तर्फ संस्थापन इतरबाट रामचन्द्र जोशी र रमेशकुमार पाण्डेको उम्मेद्वारी छ।

यस्तै संस्थापन पक्षबाट उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेद्वारी छ। मेखलाल गण्डकी प्रदेशको शिक्षामन्त्री हुन्। यस्तै महामन्त्रीमा गोरखाका ईश्वर पाण्डे र कास्कीका कुमार खड्काको उम्मेद्वारी छ। खड्का पनि प्रदेश सरकारका मन्त्री हुन्।

सहमहामन्त्री महिलातर्फ नवलपुरकी ओमकला गौतम उम्मेद्वार छिन्। गौतम गण्डकी प्रदेश सांसद हुन्। सहमहामन्त्री खुल्लातर्फ गोरखाका राजनराज पन्त, तनहुँका झुलबहादुर आलेको उम्मेद्वारी छ। सहमहामन्त्री पदमा गणेश सापकोटा र युवराज बस्ताकोटी स्वतन्त्र उम्मेद्वारी दिएका छन्।

११ जिल्ला रहेको प्रदेशमा १८ वटा संघीय निर्वाचन क्षेत्र र ३६ वटा प्रदेश निर्वाचन क्षेत्र छन्। जारी अधिवेशनमा विभिन्न पद गरी १३६ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् भने यहाँ ११५७ मतदाता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell