PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

तपाईँ सभापतिको उम्मेद्वार हो? रामचन्द्र पौडेलको जवाफ, ‘अहिले म हुन्छु, तँ हुन्छु भन्नु उपयुक्त हुन्न’



पहिलोपोस्ट

तपाईँ सभापतिको उम्मेद्वार हो? रामचन्द्र पौडेलको जवाफ, ‘अहिले म हुन्छु, तँ हुन्छु भन्नु उपयुक्त हुन्न’

पोखराः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिको उम्मेद्वारी आफ्नो समूहभित्रको छलफलबाट टुंगो लाग्ने बताएका छन्। प्रदेश अधिवेशनमा सहभागी हुन कास्की पुगेका पौडेलले समूहभित्रको छलफलपछि उम्मेद्वार टुंगो लाग्ने बताए। 

पौडेले अहिले नै म वा तँ उम्मेद्वार भन्नु गलत हुने बताए।

पौडेलले भने, ‘त्यहाँ गएपछि सल्लाह गरेर निर्णय गछौँ। हामी बीचमा सल्लाह जे हुन्छ त्यही हुन्छ। साथीहरुको बीचमा समूहिक सल्लाहबाट जे आउँछ, जे सहमति हुन्छ त्यसैमा हाम्रो उम्मेद्वारी हुन्छ। अहिले म हुन्छु, तँ हुन्छु भन्नु उपयुक्त हुन्न। विशाल समूह एउटै हुन्छ। यहाँ जसरी मिलाइयो, त्यहाँ पनि त्यसैगरी हुन्छ।’

पौडेलले आफूले रुपान्तरणको पक्षमा मत दिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell