PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

हेलिकप्टर चढेर भोट हाल्न हेटौँडा पुगे कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत



पहिलोपोस्ट

हेलिकप्टर चढेर भोट हाल्न हेटौँडा पुगे कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत
फोटोः प्रितम गोले तामाङको फेसबुकबाट

हेटौंडाः नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत प्रदेश अधिवेशनमा मत हाल्न हेलिकप्टरबाट हेटौंडा पुगेका छन्। शनिबार बिहान हेलि एमरेस्टबाट बस्नेत हेटौंडा पुगेका हुन्। कांग्रेस महाधिवेशन अन्तर्गत शनिबार प्रदेशको नेतृत्व चयनका लागि मतदान हुँदैछ।

वाग्मती प्रदेशमा बस्नेत निकटका हरिशरण श्रेष्ठ सहमहामन्त्रीको उम्मेद्वार छन्। 

वाग्मती प्रदेशका कांग्रेस संस्थापन पक्षबाट इन्द्र बानियाँ सभापतिको उम्मेद्वार छन्। यस्तै, संस्थापन इतरबाट जगदिश्वर नरसिंह केसी प्रतिस्पर्धामा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell