PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

राप्रपा महाधिवेशनमा मतदान सुरु, पाँच बजेसम्म प्रतिनिधिले दिनेछन् भोट

राप्रपा महाधिवेशनमा मतदान सुरु, पाँच बजेसम्म प्रतिनिधिले दिनेछन् भोट

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बिहान ८ बजेबाट हुने तय भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मध्यान्हबाटमात्रै मतदान सुरु भएको छ।

राजधानीको भृकुटीमण्डपमा राप्रपाको अधिवेशन अन्तर्गत आज निर्वाचन भइरहेको हो। 

पार्टीका तीन अध्यक्षमध्ये कमल थापा अहिले नेतृत्वमा आउनका लागि मैदानमा उत्रिएका छन्। उनलाई राजेन्द्र लिङ्देनले चुनौती दिएका छन्। 
आज ५ बजेसम्म निर्वाचन हुने बताइएको छ। 

राप्रपाको महाधिवेशनबाट एक अध्यक्ष, चार उपाध्यक्षसहित तीन महामन्त्री चयन हुनेछन्। त्यस्तै, त्यस्तै १९९ सदस्यीय केन्द्रीय समितिमध्ये १४९ जना पनि निर्वाचनबाट चयन हुनेछन्। बाँकी सदस्य मनोनित गर्ने व्यवस्था छ।

त्यस्तै २ उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, ७ सहमहामन्त्री र ७ सहायक मन्त्री, एक सहायक कोषाध्यक्ष पनि मनोनित गर्ने व्यवस्था छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell