PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

१० वर्षीय सौतेनी छोरालाई दूधमा बिष मिसाएर हत्या, हरियाणाबाट पक्राउ परिन् मागी



पहिलोपोस्ट

१० वर्षीय सौतेनी छोरालाई दूधमा बिष मिसाएर हत्या, हरियाणाबाट पक्राउ परिन् मागी
प्रतीकात्मक तस्बिर

कैलाली : प्रहरीले हत्या अभियोगमा ३५ वर्षीया मागी रोकायालाई पक्राउ गरेको छ। सौतेनी छोरालाई बिष खुवाएर हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो। हत्यापछि रोकाय फरार थिइन्।

बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ स्थायी घर भएकी मागी रोकाया कैलाली धनगढी उप-महानगरपालिका-२ मालिका टोलमा डेरा गरी बस्थिन्। गत बिहीवार प्रहरीले उनलाई पक्राउ गरेको हो। 

उनी फरार भएको खबर उनका भारतमा रहेका पतिले दिएका थिए। आफन्तलाई फोन गरेर मागी सम्पर्कबिहीन भएको उनले जानकारी दिएका थिए। उनको खबर बुझ्न डेरामा जाँदा १० वर्षीय निशान्त थापा मगर मृत अवस्थामा भेटिएका थिए। 

कोठामा बालकको खुट्टामात्र झ्यालबाट देखिएपछि आफन्तले प्रहरीलाई गुहारेका थिए। धनगढी उपमहानगरपालिका २ मा रहेको हिमालय एकेडेमीमा पढ्दै थिए बालक। 

हत्यापछि भारतको हरियाणामा पुगेकी थिइन् मागी। भारतीय प्रहरीको समन्वयमा नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। हरियाणाको रोहतक प्रेम चोकमा उनलाई पक्राउ गरिएको थियो।

प्रहरीका अनुसार मागी र उनको श्रीमान बिचको विवादको झोकमा गएको कार्तिक २९ गते स्कुलबाट फर्किएका बालकलाई दूधमा बिष मिसाएर खुवाएकी थिइन्। त्यसपछि उनी छोरा र छोरी लिएर भारत गएको खुलेको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell