हेटौंडाः नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत हेटौंमा सुरु भएलगत्तै रोकिएको वाग्मती प्रदेशको मतदान प्रक्रिया पुनः सुरु भएको छ। एक मत खस्ने बित्तिकै प्रक्रिया रोकिएको थियो।
केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मतदान गरेपछि प्रक्रिया रोकिएका थियो। ढिलागरी सुरु भएको मतदान प्राविधिक समस्या भन्दै रोकिएको थियो। ढिलाइ भएपछि मत हाल्न लामबद्ध प्रतिनिधिहरुले निर्वाचन अधिकृतविरुद्ध नाराबाजीसमेत गरेका थिए।
मतपत्र आइनसकेकोले मतदान केही समय ढिला हुने निर्वाचन समितिका संयोजक अधिवक्ता केशवप्रसाद काफ्लेले जनाएका थिए। मतपत्र आएपछि पुनः मतदान सुरु भएको हो।
१३ जिल्लाबाट प्रदेश राजधानी हेटौंडामा जम्मा भएका प्रतिनिधिहरुलाई फरक जिल्लाका लागि फरक लाइनको व्यवस्था मिलाइएको छ।
निर्वाचन समितिका संयोजक काफ्लेका अनुसार अन्तिम नामावली प्रकाशनपछि मतपत्र छपाइमा ढिलाइ भएको हो।
