PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कांग्रेस लुम्बिनीको नेतृत्व चयनका लागि खस्यो एक हजार ६३१ मत, केही समयपछि मतगणना सुरु हुने



पहिलोपोस्ट

कांग्रेस लुम्बिनीको नेतृत्व चयनका लागि खस्यो एक हजार ६३१ मत, केही समयपछि मतगणना सुरु हुने

बुटवलः नेपाली कांग्रेसको १४औँ महाधिबेशन अन्तर्गत लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । 

शनिबार रूपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा सम्पन्न भएको निर्वाचनमा एक हजार ६३१ मत खसेको निर्वाचन अधिकृत वुद्धबहादुर थापाले जानकारी दिए। नेतृत्व चयनका लागि लुम्बिनीमा एक हजार ६७० मतदाता रहेका थिए। 

कांग्रेस प्रदेश नेतृत्वको लागि अमरसिंह पुन र भरतकुमार शाहको उम्मेदवार परेको छ। पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुुन भने, शाह संस्थापन पक्षका हुन् । केही समयपछि मतगणना सुरु हुने निर्वाचन अधिकृत थापाले बताए। 

१२ जिल्ला रहेको रहेको लुम्बिनी प्रदेशमा ९ जिल्ला सभापतिले पुनलाई समर्थन गरेका छन्। बाँकी २ जिल्लाका सभापतिले शाहलाई सर्मथन गरेका छन्। बर्दियामा निर्वाचन भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell